धरान : ताप्लेजुङमा आज बुधवार बिहान खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका-६ का अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गापा-३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गुरुङ र उनकी श्रीमती सरिता लिम्बू मङ्गलवार सरिताकी फुपू योगमाया लिम्बूको घर फक्ताङलुङ-३ को तावा पुगेका थिए । 
गुरुङ र श्रीमती सरिता श्रीमान्- श्रीमती बिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ घर पठाएकी थिइन् । फक्ताङलुङ-३ सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा भयो ।
झगडा बिच अर्जुनले खुकुरी प्रहार गरेको  प्रहरीले जानकारी दिएकाे ५ । खुकुरी प्रहारबाट तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुन गुरुङलाइ प्रहरीले पक्राउ गरेकाे र सरिता लिम्बू फरार रहेको उनको खोजी कार्य भइरहेको प्रहरी डिएसपी गौतमले बताए ।