उदयपुर: उदयपुरको बेलका नगरपालिका २ बान डाँडामा खुकुरी प्रहारबाट १ जना घाईते भएका छन ।
आज दिउँसो १ बजेको समयमा स्थानीय सितुमान राईले आफ्नै घरमा बस्ने बुहारीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । राईको खुकुरी प्रहारबाट ३० बर्षीय चन्दा राई घाइते भएकी छिन् । घरयासी व्यवहारिक बिषयमा विवाद भएपछि सेतुमानले बुहारीमाथि खुकुरी प्रहार गरेका थिए । घाईते चन्दालाई उपचारको लागि प्रहरीले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने खुकुरी प्रहार गर्ने सितुमानलाई प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।