दमक : झापाको दमकमा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ ।
गए राति ९ बजे अविरल वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका वडा न.९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ । साथै बोलेरोको अगाडीको भागसमेत कुच्चिएर क्षति भएको छ ।
सोही भवनको माथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानमा बस्ने कमला पोखरेल(भट्टराई) ले सञ्चालन गरेको दाजुभाइ पसलको छानोमा ट्रस झरी क्षति पुगेको छ ।
घटनाको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै हावाहुरीसँगै आएको पानीले दमक नगरपालिका वडा न.४ अडियलमामा अडियलमाबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेको छ । पोल ढलेर बाटो अवरोध भएसङै बिजुलीको लाइन काटिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताए।