वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा सुनसरीमा रहेका स्थानीय तहका न्यायिक समितिका बिच अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
आइतबार वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरीय न्यायिक समितिको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका न्यायिक समितिले आफ्नो - आफ्नो न्यायिक समितिको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । 
वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा नगर स्तरीय न्यायिक समितिकी संयोजक नन्दकुमारी सुनुवारको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सुनसरी जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं १ का अध्यक्ष किसन थापा मगर , वडा नं ५ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य कपिल आचार्य , इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवर , मन्दिरका प्रधान पुजारी किरण भण्डारी ,वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठ ,न्यायिक समितिका पदाधिकारीहरू,कानुनी सल्लाहकार लगायत स्थानीय सङ्घसंस्थाका पदाधिकारीहरू अतिथि रहेका थिए ।
वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तीको पहिलो तीर्थको रूपमा प्रसिद्ध वराहक्षेत्र मन्दिर परिसरमा आयोजना भएको उक्त कार्यक्रममा वराहक्षेत्र नगरपालिकाले आफ्नो न्यायिक समिति घोषणा पत्र समेत सार्वजनिक गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी गौरी रायले सञ्चालन गरेको कार्यक्रममा वडा नं ७ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य कपिल आचार्यले स्वागत मन्तव्य तथा वडा नं ५ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य रोहित काफ्लेले धन्यवाद मन्तव्य राखेका थिए ।