इटहरी : कोशी राजमार्ग अन्तर्गत धरान-इटहरी सडकखण्डमा शनिबार राती भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धरानबाट इटहरी जादै गरेको बिवाइडी ब्राण्डको इलेक्ट्रीक कार अनियन्त्रित भइ दुर्घटना हुँदा इटहरीका बिष्णु राउतको मृत्यु भएको हो ।
चारजना सवार कारमा चालकसहित ३ जना घाइते भएका छन् । रातको समयमा बा-०१-०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गाडीका चालक रामधुनी ७ का विवेक लामा, इटहरी ४ का गंगा बस्नेत, इटहरी १ का कल्याण कटवाल घाइते छन् । घाइते मध्ये कटवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रारम्भिक अनुमान गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































