धरान : आज फागुन १७ गते कोशी प्रदेश नामकरण भएको दिनलाई धरानमा प्रदेश नं १ पुन नामाङ्कन सङ्घर्ष समिति सुनसरीले ‘कालो दिन’ भन्दै शनिवार भानु चोकमा विरोध सभा गरेको छ ।
प्रदेशको कोशी नामकरण २०७९ फागुन १७ गते २ वर्ष पुगेको छ ।
विरोध सभाका सहभागीहरूले कालो झण्डा प्रदर्शन गर्दै कोशी नामकरण मान्दैनौँ, पहिचान सहित प्रदेश पुनः नामकरण गर, प्रदेश नाम ‘कोशी’ खारेज गर, सहिद पदम कुमार लाजेहाङ अमर रहुन्, पहिचानको आधारमा प्रदेश १ को नामकरण गर, जस्ता नाराबाजी गरे ।
सभामा किरात याक्थुङ चुम्लुङ धरान नगर अध्यक्ष तीर्थ मादेम्बाले भने ‘हामी मार्न तयार छौँ, तर कोशी नामकरण कदापि स्वीकार गर्दैनौँ ।’ कोशी नाम एकल जातीय नश्लियवादी भएकाले स्वीकार नगर्ने उनको भनाई थियो ।
आदिवासी जनजाति महासङ्घ नगर अध्यक्ष सुवास हुक्पाचोङवाङले माग पुरा नहुन्जेल निरन्तर आन्दोलन हुने बताए । उनले ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको आन्दोलनमा आदिवासी जनजाति महासङ्घको ऐक्यबद्धता रहेको बताउँदै भने ‘चुनावको बेला पहिचान विरोधीहरूलाई भोट दिएर विवेक नपुर्याउँदा आदिवासी जनजातिले दुःख पाएको हो ।’
अध्यक्ष हुक्पाचोङले अव हुने २०८४ को निर्वाचनमा आदिवासी जनजातिले विवेक पुर्याउनु पर्नेमा जोड दिए ।
नागरिक उन्मुक्ति पार्टी धरान इन्चार्ज देउमान लिम्बु, जसपा नेपालका कुमार श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक मञ्चका नेता सरस्वती सुब्बा लगायतले कोशी प्रदेश मान्य नहुने धारण राखे ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































