धरान : धरान-२० स्थित कार्की छाप कालीखोला समुदायिक वन उपभोक्ता समुहमा वनको रुख काटेर घर टहरा बनाएको आरोपमा तल्लो कार्की छापका भुपाल राईलाई पक्राउ गरिएको छ ।
बिष्णुपादुका सवडिभिजन वन कार्यालय, विष्णुपादुकाका कार्यालय प्रमुख निमा भोटेको संयोजकत्वमा वन अध्यक्ष तामाङ र सचिब जीवन राईको टोलीले राईलाई पक्राउ गरेको बताइएको छ ।
राईले कार्कीछाप कालीखोला समुदायिक वन भित्रका २ दर्जन करमको रुख काटेर घर टहरा बनाएको सचिव राईले बताए । उनका अनुसार पक्राउ परेका राईलाई सव वन डिभिजन कार्यालयका धरान तिनकुनेमा राखिएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































