धरान : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्।
मङ्गलवार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने।
प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न।
त्यही अपत्यारिलो प्रमाण मङ्गलवार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त खातामा हालिएको भिडियोमा उक्त ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































