झापा : रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भए पनि आक्रोशितहरूले केर्खा बजारमा रहेको प्रहरी वटमा आगजनी गरेका छन् । करिब हजारको सङ्ख्यामा रहेका स्थानीयले रतुवामाई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् ।
सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् ।
काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुने हजुरबुवा र नातिनी कमल गाउँपालिका-३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ ।
मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कँदै गर्दा रात्रि बसले ठक्कर दिएको हो ।
बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)































































