इटहरी : सप्तकोसी नदीमा दुई दिन देखि पानीको बहाव निरन्तर बढ्दै गएको छ । पछिल्लो मापन अनुसार ६ लाख ६१ हजार ५ क्युसेक पुगेको बताइएको छ ।
सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गरेपछि सप्तरी र उदयपुरका क्षेत्रमा डुबान भइरहेको छ । आइतबार देखि पानीको बहाव घट्ने भएपछि कटान हुने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
कोसी नदीको बिचमा फसेका स्थानीयको उद्धारमा हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको र आवतजावतमा समेत रोक लगाइएको उनले बताए ।
कोशी ब्यारेज माथि थुप्रिएको फोहोर :






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































