इटहरी : नेकपा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन् । पूर्वमन्त्री समेत रहेका भण्डारी सहित ११ जनालाई काठमाण्डौको सिनामङ्गल एरियाबाट तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीद्वारा पक्राउ पर्नेहरुमा पूर्वमन्त्री समेत रहेका एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।
पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौँ म्याद थप गर्न लगिएको छ ।








































































