धरान : धरान वडा-१ पृथ्वी चोकमा आज सोमवार अचानक अजिङ्गर देखिएपछि सर्वसाधारण आतङ्कित भए ।
करिब २ घण्टा सम्म अजिङ्गर हेर्न चौकमा मानिसको भीड लागेको थियो । प्रहरीलाई खबर गरेपछि अजिङ्गरलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा नियन्त्रण लिइएको थियो ।
नियन्त्रणमा लिइएको अजिङ्गर सुरक्षाकर्मीहरूले हरियाली सामुदायिक बनमा पुर्याएको वडा प्रहरी कार्यालयका असई छबिलाल ओझाले बताए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































