धरान : गायक अनिल सिंह अधिकारीको 'सम्झ दिन त्यो दिन' नामको नयाँ गीत सार्वजनिक भएको छ ।

अनिल सिंह अधिकारीको आवाजमा रहेको यो गीतमा अधिकारीकै शब्द र सङ्गीत रहेको छ भने गीतको सङ्गीत संयोजन मनस्वी मालकारले गरेका छन्।

गीतका शब्द र धुनले बाल्यकालका रमाइला स्मृतिहरूलाई उजागर गर्न खोजेको गायक अधिकारीले जानकारी दिएका छन् । 'एउटा गीत जुन बालापनका यादहरू प्रति समर्पित छ, ती समयका प्रियजन, परिवारजन देखी बालापनका सखीहरूलाई समर्पित छ ।'

गीतको भिडियोले लामो समय विदेशमा काम गरेर फर्किएको एक नेपालीले आफ्नो आफन्त र साथीसङ्गी भेट हुँदाको पलहरूलाई देखाएको छ भने भविष्यमा देशमा नै बसेर केही गर्ने कुरालाई भावनात्मक रूपमा देखाइएको छ ।

भिडियोलाई मानव सुबेदीले निर्देशन गरेका हुन  भने डिओपी सौरभ लामिछानेले छायाङ्कन गरेका हुन् ।

यो गीत विभिन्न डिजिटल प्लेटफर्म र युट्युबमा हेर्न र सुन्न सकिन्छ ।