धरान : दुई दशक अघिको कालखण्डमा धरानका एक विन्दास युवा पात्रको कथामा आधारित नेपाली चलचित्र ‘खजुरे ब्रो’ बुधवार धरानको फ्रेण्डस् सिनेमा हलमा विशेष प्रदर्शन हुने भएको छ ।

सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को प्रिमियर शोको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले चलचित्र वैशाख २८ गतेदेखि देशभर रिलिज हुने बताए ।

कलाकार टोली सहित गरिएको पत्रकार सम्मेलनमा कलाकार दीपचन्द्र राई कान्छीले ‘खजुरे ब्रो’ निधन भैसकेका धरानकै एक युवा पात्रको विषयमा बनेको बताए ।

करिब २ करोड लगानीमा निर्माण गरिएको चलचित्रमा धरानका कलाकारहरु प्रेम सुब्बा, रमेश राई, सतिस राई, पवन लिम्बू, बवित गुरुङ, पबी राई, सुजता राईले अभिनय गरेका छन् ।

चलचित्रका मुख्य कलाकार नीति साह, रियल राई, नवीन मानन्धर, महेश त्रिपाठी, प्रकाश भुजेल, विनीता थापा मगर, सुस्मा निरौला, पुष्पा कार्की, शान तामाङ, मनिष राउत रहेका छन् ।