धरान : तेस्रो सुवास राई स्मृति कप अन्तर वडा सुपर-८ फुटबल प्रतियोगिताको आज शुक्रवार भएको उद्घाटन खेलमा धरान-१३ ले धरान-१४ लाई ४-१ गोलको अन्तरमा पराजित गरेको छ ।

खेलमा धरान-१३ का मिलन लिम्बुले १ गोल, विवेक राईले २ गोल, सुशान्त राईले १ गोल गरेका थिए । धरान-१४ बाट मात्र १ गोल विवेक राईले गरे ।

खेलको म्यान अफ दि म्याच धरान-१३ का विवेक राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको तर्फबाट ५ सय गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग अन्य वडाको कुल १५ खेल लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७  ले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले गरेका थिए । उनले धरानमा लगातार आयोजना भइरहेको फुटबल प्रतियोगिताले वास्तवमा धरानलाई भनिँदै आएको ‘मिनी ब्राजिल’ कथनलाई पुष्टि गरेको बताए । समारोह आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबका अध्यक्ष अशोक राईको सभापतित्वमा भएको थियो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

भोली धरान ११ र १८ बिच रोचक प्रतिस्पर्धापूर्ण हुने आयोजकले जनाएको छ ।

man-of-the-match-1