इटहरी : नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको सचेतकमा शोभा चेम्जोङ पालुङ्वा नियुक्त भएकी छिन् ।

संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (२) अनुसार संसदीय दलका नेता उद्धव थापाले चेम्जोङलाई नियुक्त गरेका हुन् । चेम्जोङ समानुपातिक सांसद हुन ।

यसअघि काँग्रेस कोशी संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राईले राजीनामा दिएपछि गोपाल तामाङलाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।

तामाङ झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका हुन।

सत्ता समीकरणमा फेरबदल आएसँगै कोशी काँग्रेसको आन्तरिक राजनीति समेत प्रभावित हुने गरेको छ ।