सुनसरी : नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवती रमण भण्डारीलाई चयन गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा भण्डारीलाई सर्वसम्मत चयन गरेको हो । भण्डारी सुनसरी २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रदेश १ को प्रदेशसभामा एमालेका ४० संसद् छन् । एमालेले यसअघि हिक्मत कुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        