धरान : बराह सहकारीमा सर्वसाधारणको अर्ब रकमको विवाद चलिरहेको बेला सहकारीबाट लगानी भएको आशङ्का गरिएको बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि लगायत अन्य कम्पनीको नाममा भएको जग्गा तथा सम्पत्ति लिलाम बिक्री गरिने सार्वजनिक सूचना जारी गरिएको छ ।

सूचना प्राइम बैङ्कले २०८० चैत २८ गते बुधबार आर्थिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको हो ।

सूचनामा बराह प्रालीका अध्यक्ष शिवकुमार लामिछाने, मानबहादुर विक, अवइन्द्र निरौला लगायतको नाममा भएको जग्गा तथा सम्पत्ति लिलाम बिक्री गर्ने जनाएको छ ।

सूचनामा बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिका नाममा नेपालका विभिन्न स्थानमा भएको बराह नेशनल ईण्डष्ट्रीज, श्रीपा सुपर मार्केट स्टोर ३ वटा कम्पनीको नामबाट २ बिघा १७ कठ्ठा ९ धुर, ३ रोपनी १ आना ३ पैसा र १ हजार ३६ वर्ग फिट क्षेत्रफल भएको  सनराईज अपार्टमेन्ट सहित २ वटा गाडी लिलाम बिक्री गरिने उल्लेख छ ।

बैङ्कले विभिन्न स्थानको घरजग्गा सहित सवारी साधन तथा कम्पनीहरू लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको हो । 

बराह नेशनल इन्भेस्टमेन्ट प्रालिको सम्पत्ति :

बैङ्कले इन्भेस्टमेन्ट प्रालिका नामबाट सरिता कालिकोटे बिकको नाममा धरान १० मा १ कठ्ठा ६ धुर जग्गा सहितको घर, शम्भु मोक्तानको धरान-७ मा साढे १८ धुरमा रहेको घरजग्गा, शुभराज खातीको नाममा रहेको धरान-४ को ६ धुर जग्गा सहित चर्चेको लिगपात लिलाममा चढाएको छ ।

यस्तै अवईन्द्र निरौलाको नाम तत्कालीन बाँझगरा गाविस-२ मा १९ धुर जग्गा सहित चर्चेको लिगपात, रोशना मोक्तानको तत्कालीन इटहरी गाविस वडा नं ७ को १ कठ्ठा जग्गा सहित चर्चेको लिगपात, अम्बर बहादुर विश्वकर्माको धरान-९ को ५ धुर जग्गा सहितको लिगपात लिलाममा चढेको छ ।

यस्तै मान बहादुर विश्वकर्माको धरान- ९, साबिक वडा ५ र २ गरी जम्मा २ कठ्ठा पौने १३ धुर जग्गा सहित चर्चेको लिगपात लिलाम बिक्रीका लागि सूचना जारी गरिएको छ । बराह नेशनल ईन्भेष्ठमेन्टबाट जम्मा १२ कठ्ठा १३. ७५ धुर लिलाम बिक्रीका लागी सूचना जारी भएको हो ।

बराह ईण्डष्ट्रीज प्रालिको सम्पत्ति :

बैङ्कले बराह ईण्डष्ट्रीज प्रालिको नाममा रहेको धरान, मोरङको मधुमल्ला, इटहरी, हाँसपोसा तरहराको १ बिघा १ कठ्ठा १६ धुर र धनकुटाको कार्की छापको २ रोपनी १४ आना १.३ पैसा लिलाममा चढाएको छ ।

बराहकै ललितपुर जिल्लामा रहेको सनराईज अपार्टमेन्टको १ हजार ३६ वर्ग फिट क्षेत्रफलमा रहेको घरजग्गा सहित चर्चेको लिगपात, विष्णुमाया विश्वकर्मा र शिव लामिछानेको नाममा संयुक्त रहेको काठमाडौँको ४ आना ३ पैसा र धरानको ७ कठ्ठा ४.७३ धुर जग्गा सहित चर्चेको लिगपात लिलाममा चढाएको छ ।

यस्तै विष्णुमाया विश्वकर्माको नाममा भएको धरान-९ को १ कठ्ठा १ सेन्टी जग्गा, रिना राईको नाममा नारायणगढमा भएको सवा ६ धुर जग्गा, मान बहादुर विश्वकर्माको नाममा रहेको धरान, इटहरीमा रहेको जग्गा २ कठ्ठा २ धुर, अध्यक्ष शिव लामिछानेको नाममा रहेको धरानको जग्गा ६ कठ्ठा १५ धुर  लिलाममा चढेको छ ।

बराहको जम्मा १ बिघा १८ कठ्ठा १७ धुर सहित ३ रोपनी १ आना ०.३ पैसा जग्गा  लिलामका लागि सूचना जारी भएको छ ।

बराह डिपार्टमेण्ट स्टोर प्रालिको नाममा रहेको यातायात व्यवस्था कार्यालय बाग्मती प्रदेशमा दर्ता रहेको निशान म्यागनाइट २०२१ मोडल, बागमती प्रदेश ०१-०२६-प ३०९७ को नम्बरको गाडी पनि लिलाममा चढेको छ ।

श्रीपा सुपर मार्केट स्टोर प्रालिको सम्पत्ति 

श्रीपा सुपर मार्केट स्टोर प्रालिको नाममा धरानमा रहेको जग्गा ५ कठ्ठा १८.२५ धुर, डम्बर विश्वकर्माको नाममा रहेको धनकुटा कार्कीछापको ३ रोपनी १५ आना २ पैसा २ दाम जग्गा सहित श्रीपास्टोरको नाममा यातायात व्यवस्था कार्यालय बाग्मती प्रदेशमा दर्ता रहेको निशान म्याग्नेटिक २०२१ मोडलको बागमती प्रदेश ०१–०२६ च ६३३५ को गाडी समेत लिलाम बिक्रीको सूचना जारी गरेको छ ।

मानबहादुरविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी :

baraha-sahakari-dharan

काठमाडौँ सुन्धारामा रहेको टाइम्स रेमिट प्रालिबाट ऋण लिई ऋण नतिरेपछि को टाइम्स रेमिट प्रालि पनि लिलाम बिक्री गर्न सूचना गरेको छ । 

बराह बचत तथा ऋण सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले ठगी मुद्दामा बयान पनि दिएका छन् । रोशन राईको जाहेरीले नेपाल सरकार वादी भएको ठगी मुद्दामा विश्वकर्माले चैत २७ गते बयान दिएका हुन ।

अदालतले विश्वकर्मा विरुद्ध २०८० भदौ ५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । तर बचत तथा ऋण अध्यक्ष रहेका विश्वकर्मा पक्राउ परेका छैनन् ।

जग्गा तथा सम्पत्ति लिलाम बिक्री गरिने सार्वजनिक सूचना :