धरान : धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबलको आइतबार भएको पहिलो खेलमा दमक लखनपुर भेट्रान क्लबले विराट मेघा भेट्रान फुटबल क्लब बिराटचोकलाई १-० गोलले पराजित गरेको छ ।
दोस्रो खेलमा रारा भेट्रान क्लब राजारानी धनकुटाले ३-१ मिल्स भेट्रान्स क्लब विराटचोकलाई पराजित गरेको छ । यो विजय सँगै रारा भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता धरान भेट्रान क्लबको आयोजनामा भएको हो ।
निर्धारित ६० मिनेटको पहिलो खेलमा दमक लखनपुर भेट्रानका हर्क बहादुर तामाङले खेलको २६ मिनेटमा १ गोल गरे । विराट मेघा फुटबल क्लब बिराटचोकले खेल अवधि भर कुनै गोल गर्न सकेन ।
दोस्रो खेलमा रारा भेट्रान क्लब राजारानीका विजय राईले पहिलो हाफको ५ मिनेटमा १ गोल, सूर्य कुमार लिम्बुले पहिलो हाफको ९ मिनेटमा १ गोल, दर्शनभक्त राईले दोस्रो हाफको ४ मिनेटमा १ गोल गरे ।
मिल्स भेट्रान्स क्लब विराटनगरका विजय डङ्गोलले पहिलो हाफमा १० मिनेटमा १ गोल गरेका थिए ।
पहिलो खेलको म्यान अफ द म्याच दमक लखनपुर भेट्रानका हर्क बहादुर तामाङ र दोस्रो खेलको म्यान अफ दि म्याच रारा भेट्रान क्लब राजारानीका दर्शन भक्त राई घोषित भए । उनीहरूलाई २१/२१ सय नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ।
भोली हुने पहिलो चरण खेल आयोजक धरान भेट्रान क्लब धरान र कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गा झापा र खोस्रो चरणको खेल हाम्रो इटहरी भेट्रान फुटबल क्लब इटहरी र हाम्रो धरान भेट्रान फुटबल क्लब धरानका बिच हुने आयोजकले जानकारी दिएको छ।