इटहरी : इटहरीका युवा कलाकारहरूले निर्माण गरेको नेपाली फिचर फिल्म "गाढा १७" को अगामी शनिवार विशेष प्रदर्शन हुने भएको छ । अडिमर प्रोडक्सनको फिल्म निर्माण टिमले चैत्र २४ गते शनिवार इटहरी स्थित एलाइट सिनेमा हलमा विशेष प्रदर्शन गर्ने बताएको छ ।
इटहरी आसपासकै क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्म काठमाडौँ बाहिर निर्माण भएको एक्सन फिल्म हो । ८ लाखको लगानीमा निर्माण भएको फिल्मको अधिकांश छायाङ्कन सुनसरीका विभिन्न स्थानमा गरिएको निर्देशक रिहान लिम्बुले जानकारी गराए ।
स्थानीय तथा केही राष्ट्रिय कलाकारले खेलेको फिल्मको कार्यकारी निर्माता मनिराज राई हुन भने प्रोड्युसर आश्रित चापागाईँ र सहायक निर्देशक प्रवेश न्यौपाने रहेका छन् । एलाइटमा शनिवार प्रदर्शन गरेपछि दर्शकको प्रतिक्रिया अनुसार फिल्म बनाउने तयारी भएको निर्माता राईले बताए ।
GAdha-17-film