धरान : धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा  गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ ।

अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘शव भएको स्थान एकान्त भएकाले कसैले चाल पाएका रहेनछन् । एक दिन अघि नै हत्या गरेको हुनसक्छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

अहिले शव पोस्टमर्टमका लागि बिपी प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिएको छ।

BPKIHS-body-3Dead-body-BPKIHS