धरान : पछिल्लो समय निकै रुचाइएको साङ्गीतिक समूह ‘पूर्ण राई एण्ड दाजु भाइ’ले धरान एक्स्पोको एघारौँ दिन अर्थात् फागुन २१ गते प्रस्तुति दिने भएका छन् ।

सन् २०१९ मा पहिलो गीत ‘म’ सार्वजनिक गर्दै पूर्ण राईले आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए । नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै उचाइ हाँसिल गर्न सफल भएका पूर्ण राईका ‘कालो सेतो’, ‘ध्रुव तारा’, ‘मनका कुरा’ लगायतका गीत चर्चित छन् ।

‘पूर्ण राई एण्ड दाजु भाइ’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

पूर्ण राईलाई स्थानीय कलाकार र समूहले साथ दिने संयोजक श्रेष्ठले बताए । एक्स्पो २३ गते बुधवार सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।