धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा औद्योगिक ग्राम निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थालेको छ । नेपाल सरकारका उद्योग तथा वाणिज्य मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेरै औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका हो ।
सुनसरी उवासंघका अध्यक्ष विजय श्रेष्ठको पहलमा पूर्व आपूर्ति मन्त्री मीन विश्वकर्मा सहितको टोलीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । श्रेष्ठका अनुसार औद्योगिक ग्राम निर्माणका लागी हाल ३० बिगाहा जग्गा उपलब्ध भएको र हाल रहेको औद्योगिक क्षेत्र विस्तारका लागी रेडियो नेपालको थप जग्गा उपयोग गर्न दिनुपर्ने आग्रह गरिएको हो । नेपाल सरकारले डिपिआर माग गरेका कारण चाँडै औद्योगिक ग्राम निर्माण प्रक्रिया अगाडी बढ्नेमा आशावादी रहेको उनले सुनाए । 
सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेरै हालको औद्योगिक क्षेत्रको विस्तारका लागी रेडियो नेपालको जग्गा उपलब्ध गराउन आग्रह गरिएको उनले बताएका छन् । हाल धरान र इटहरीको बिचमा रहेको जङ्गलमा मोबाइल नेटवर्कको समस्या भएकाले त्यसको समाधानको लागि समेत आग्रह गरिएको उनको भनाई छ । मन्त्रीले यस विषयमा चासो दिएर समस्या समाधान गर्ने बाचा गर्नुभएको उनले प्रस्ट पारे ।
badhu-wirh-dharan-toliप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको उवासंघ सुनसरीको टोलीले धरानको गहनाको रूपमा रहेको बिपी प्रतिष्ठान सुधारको लागि आग्रह गरेको हो । अध्यक्ष श्रेष्ठका अनुसार प्रतिष्ठानको कारण पूर्वी नेपालको चिकित्सा क्षेत्रमा ठुलो योगदान पुग्ने भएकाले त्यसलाई विना अवरोध गतिशील बनाउन अनुरोध गरिएको छ  ।  
धरान बसपार्क निर्माणमा बजेट अभाव भएको जानकारी गराएपछि प्रधानमन्त्रीले सचिवलाई बजेटको व्यवस्थापनमा लाग्न निर्देशन दिएको उनले सुनाए । 
त्यससँगै भदौ १३ गते आयोजना हुने सुनसरी उवासंघको वार्षिक उत्सव कार्यक्रम आयोजनाको निमन्त्रणा गरिएको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उद्योगी विनोद चौधरी, सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ लगायतको उपस्थिति हुने उनले बताए ।