धरान : सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठ विजयी भएका छन् । 

विजय श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत र पवन अग्रवालले ३३३ मत मात्रै प्राप्त गरेका थिए । 

यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए । 

उद्योग सदस्य तर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि चन्द्रप्रसाद बजगाईँले २८४, भोला श्रेष्ठले ३९४ मत मात्र प्राप्त गरेका थिए । 

यसैगरी वाणिज्य सदस्य तर्फ उपेन्द्र चाम्लिङले ६२२, किसान मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, नवीन राजभण्डारीले ६७५, मनोजकुमार अग्रवाल तोदीले ६१९, राजेश अग्रवालले ६४४, शैलेशकुमार आचार्य (प्रमोद) ले ६५१ र शशि शाहले ६७१ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदमा अमित अग्रहरीले ५९०, काजी गिरीले ४१८, दिनेश राईले ४८१, नवीन लिम्बुले ४४७, विवेक अग्रवालले ६१५, रविकुमार राईले ५१६, राजेश श्रेष्ठले ५७९, विश्वराम कार्कीले २१० र सिताराम आचार्यले ५५९ मत मात्रै प्राप्त गरेका थिए । 

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४०७ मत मात्र प्राप्त गरेकी थिइन् ।