धरान : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले धरानमा रहेको रेडियो नेपालको जग्गालाई औद्योगिक क्षेत्रको रूपमा प्रयोग गर्नका लागि विशेष पहल गर्ने बताएका छन् ।

मंगलबार एक नं प्रदेश तथा नेपालको अन्य सबै औद्योगीक क्षेत्रहरु बन्द भएको अवस्थामा औद्योगिक क्षेत्रको सञ्चालनको अबस्थालाई स्थलगत अध्ययन गर्नका लागी धरान आइपुगेका मन्त्री बडूले सो कुरा बताएका हुन् । 

धरान-८ स्थित धरान अद्यौगीक क्षेत्रले गरेको भेटघाट तथा निरीक्षण कार्यक्रममा मन्त्री बडूले देशमा उत्पादनहरू कम भइरहेको र उद्योगहरू नचल्नुले देशकै विकासको लागी खतरा भएको बताए । उद्योगहरूमा भाडा, पानी तथा बिद्युत लगायतका समस्याले पनि उत्पादनहरूमा समस्या भएको बताए । असहज परिस्थिति भएकाले उद्योग कलकारखाना बन्द हुनु परेको थियो तर अब परिस्थिति  सहज  भएकाले उद्योगहरू फस्टाउने उनले दाबी गरे ।

एक अर्को प्रसङ्गमा मन्त्री बडूले हाम्रो भान्सामा रहेका हरेक चिज दिनानुदिन अर्काको देशबाट आउनु निकै नै चिन्ता जनक कुरा रहेको भन्दै त्यतातिर समेत सरकार लाग्नुपर्ने र त्यसमा उद्योगीहरूले नै सघाउनुपर्ने बताए । मन्त्री बडूले बन्द भएका हाम्रा उद्योगहरू जसरी नि चलाउनुपर्नेमा जोड दिए । जसका लागी निजीस्तरका लगानीकर्ताहरुसंग सहकार्य अनिवार्य गर्ने बताए  । जसका लागी सरकारले पनि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने उनले बताए ।

उद्योग, कलकारखाना चलाउन निकै समस्यामा परेकाले  देशको उद्योगहरूको सम्पूर्ण समस्या हल गर्नका लागी धराने उद्योगी कृष्ण अग्रवालले मन्त्रीलाई विशेष प्याकेज सहितको ज्ञापन पत्र बुझाउँदै आफूहरूको पिर मर्का बुझिदिनुहुन अनुरोध गरेका थिए ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठले व्यवसाय सञ्चालन तथा समस्या र सरकारबाट दिइने सेवा सुविधा तथा सहुलियतको बरेमा गम्भीर भएर मन्त्रालय तथा सम्बन्धित सबै लाग्नुपर्ने बताए । मन्त्री बडू यसअघि विराटनगर स्थित रघुपति जुट मिलको अवस्थाबारे अध्ययन गर्नुका साथै निरीक्षण समेत गरेर धरान आइपुगेका हुन् ।

dharan-chamber-padadhikari-

रश्मि प्रधान