विराटनगर :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना सङ्क्रमण भएको छ। ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३-३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, वराहक्षेत्र, बर्जू र दुहबीमा ३-३, हरिनगर, गढी र देवानगञ्जमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, बिर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २-२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २-२, सङ्खुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १-१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।