धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धरान-११ का ६३ वर्षीय वृद्ध पुरुषको आज बिहान ९ः५५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई माघ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनले कोरोना विरुद्धको खोप नलगाएको बताइएको छ । उनी दीर्घ रोगी रहेको बताइएको छ ।