धरान : लिटिल बुद्धका रूपमा परिचित र्यापर साकारले धरानको भिन्टेज फेमिली रेस्टुरेन्टमा पहिलो पटक आगामी बिहीबार अर्थात् पुस १५ गते आफ्नो प्रस्तुति दिने भएका छन्।
तीन वर्षपछि म्युजिकल टुर गरिरहेका साकारले तमु ल्होसारको अवसर पारेर धरानका दर्शकमाझ गीत सुनाउन लागेका हुन् । उनले केही समयअघि मात्र आफ्नो सिङ्गल ट्र्याकलाई युट्युबबाट सार्वजनिक गरेका थिए। उनका गीतहरू नेपालको युट्युब ट्रेन्डिङमा आउने गरेका छन्।
कार्यक्रममा धरानका डीजे डबल बी, डीजे लाक्पा र डीजे रेजन्याले पनि साङ्गीतिक प्रस्तुति दिनेछन्। यो कार्यक्रम एमसीएक्सले आयोजना गर्न लागेको हो । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमका लागि दर्शकका लागी पाँच रुपैयाँको टिकट तोकिएको आयोजकले जानकारी दिएको छ।


































































