धरान : उदयपुर प्रहरीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि त्रियुगा नगरपालिका वडा-६ कि कृषाला चौधरीको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचित लाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको उदयपुर प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा शव फेला परेको थियो।
'कृषालाका बुवा प्रेमकुमार चौधरीले साउन २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए । त्यसपछि हामीले प्रारम्भिक अनुसन्धान गर्दा हत्याको आशङ्का उनीहरू तर्फ नै देखिए पछि पक्राउ गरी आज (सोमवार) सार्वजनिक गरेका हौ' बोहराले भने।
कृषलाको पोस्टमार्टम रिपोर्ट नआएकाले हत्याको कारण अहिले नखुलेको छैन। पक्राउ परेका दुई जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरेका अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।









































































