झापा : झापाको गौरिगंज गाउँपालिका-४ कदमगाछीका प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीय मञ्जु धिमाल र २५ बर्षीय विमला धिमाल रहेका छन् ।
शनिवार राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगंजमालगी थप अनुसन्धान भइरहेको छ।









































































