इटहरी : ‘सुन्दरहरैँचा, विकाशको बगैँचा’ भन्ने नाराका साथ हरेक वडामा व्यायामशाला निर्माण अभियान सुरु भएको छ । वडाका नागरिकलाई स्वच्छ र सुगठित बनाउने उद्देश्यका साथ व्यायामशाला निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

हालसम्म ५ ठाउँमा व्यायामशाला सञ्चालन भइसकेको छ। कोरोना महामारीको समयमा सहरका व्यायामशाला भिडभाड हुने र शारीरिक व्यायामको पनि आवश्यकता पर्ने भएकोले सबैको पहुँच पुग्ने गरी सञ्चालन गरिएको मेयर शिवप्रसाद ढकालले बताए । १२ वटै वडा निर्माण गर्ने तयारी भए पनि जग्गा अभावको कारण केही ढिला हुन गएको उनको भनाई छ ।

मेयर ढकालका अनुसार शारीरिक व्यायामले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र मानसिक रूपमा पनि स्वच्छ राख्ने भएकाले खुल्ला ठाउँमै जिम खाना सञ्चालन गरिएको हो । राजमार्ग आसपास मर्नीङवाल्क गर्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै व्यायामशाला सञ्चालन गर्ने निर्णय भएको उनको भनाई छ। पैसा तिरेर जिम खाना जानसक्ने अवस्था नहुने र अनुकूल समयमा आफ्नो घर छेवैमा व्यायाम गर्नेहरूको लागी केन्द्रित गरिएको उनले सुनाए । युवाहरूलाई थप चलायमान बनाउने र शारीरिक तथा मानसिक हिसाबमा स्फूर्ति बनाउन लागी परेको ढकालको तर्क छ।

यस अघि सबैभन्दा पहिला भक्तपुर नगरपालिकाले खुल्ला व्यायामशाला अवधारणा सुरु गरेको हो । पछिल्लो समय लोकप्रिय बन्दै गरेको यो कार्यक्रम धरान उपमहानगरपालिका पछि सुन्दरहरैचामा सुरु भएको हो।

sundar-gym-2