मुम्बई : गएको आइतबार राति भएको इन्डियन आइडल ११ को ग्रान्ड फिनालेमा भटिन्डाका शनि हिन्दुस्तानी विजेता घोषित भएका छन् ।

शनिलाई इन्डियन आइडल ११ को ट्रफिको साथमा २५ लाख भारु पुरस्कार प्रदान गरियो । फस्ट रनरअप रोहित राउत र सेकेन्ड रनरअप ओन्कना मुखर्जी बने । रनरअपलाई पाँच पाँच लाख भारु दिइयो । आयुष्मान खुराना आफ्नो फिल्म ‘शुभमंगल ज्यादा सावधान’को प्रोमोशन गर्न फिनालेमा फिल्मका कलाकारका साथमा पुगेका थिए । शनिले विजेता हुनुभन्दा पहिले नै इमरान हासमीको फिल्म द बडी र कंगाना रनोटको फिल्म पंगामा गीत गाइसकेका छन् । तीनै जना जज विशाल ददलानी, हिमेश रेशमिया र नेहा कक्कडले फिनालेमा आफ्नो जबरदस्त प्रस्तुति दिए ।

शनि बाल्यकालदेखि नै गीतका सौखिन थिए । उनी १४ वर्षको हुँदा पिताको मृत्यु भएको थियो । उनले युट्युबमा नुसरत फतेह अलीका गीत सुन्न थाले । उनी साथीसँग उधारो लिएर अडिसन दिन गएका थिए ।