नडाहा : सुनसरीको बराहक्षेत्र नगरपालिकाले लामो समयपछि दमकल खरिद गरेको छ । नगरपालिकामा एउटा पनि बारुणयन्त्र नहुँदा बराहक्षेत्रबासीले वार्षीक लाखौंको धानमाल घुमाउनु परेको थियो । तर अब नगरपालिकाले दमकल ल्याएपछि भने सर्वसाधारण जनता हर्षित भएका छन् ।

बराहक्षेत्र नगरपालिकाले ५३ लाख २३ हजार रुपैयाँमा खरिद गरि ४ हजार लिटर पानी अट्ने दमकल ल्याएको कार्यबाहक मेयर कमला मगरले जानकारी दिइन् । काबा मगरले दमकल आएपछि दमकलले कतिको काम गर्छ भन्ने नगरपालिकाले परिचालन तथा कृतिम आगलागी नियन्त्रणको प्रयोगात्मक अभ्यास समेत गर्दै गरेको बताईन् ।

12 1