धरानः नेपालका आदिवासी जनजातिहरुले गर्दै आएको सामाजिक, धार्मिक एवम् सांस्कृतिक आन्दोलनलाई राजनीतिक क्रान्तिमा रुपान्तरण गर्नुपर्ने आदिवासी जनजाति अभियान्ताहरुले बताएका छन् ।
आदिवासी जनजाति सरोकार समाज, नेपालले धरानमा गरेको अन्तरक्रियामा आदिवासी जनजातिका अगुवाहरुले यस्तो बताएको हो । उनीहरुले अहिले पनि आदिवासी जनजातिका मूद्दाहरु थांती नै रहेकाले संविधान, मुलुकी संहिता ऐन लगायतमा भएका विभेदकारी व्यवस्थाहरु संशोधन गर्दै तथा राज्यवाट गरिंदै आएको भाषिक, सांस्कृतिक, धार्मिक विभेदकारी व्यवहार सच्याउंदै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न कार्यान्वयनमा जोड दिनुपर्नेमा नेतृत्वको ध्यान जानुपर्ने बताएका छन् । उनीहरुले अहिले पनि आदिवासी जनजातिहरु माथि विभेद कायमै भएतापनि महासंघको संगठानात्मक संरचना र आन्तरिक कमी कम्जोरीका कारण भूमिका प्रभावकारी नदेखिएको भन्दै महासंघ नेतृत्वप्रति असन्तुष्टि समेत पाखेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र गोलेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्याल, किरांत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष कमल तिगेला, भुजेल समाज सेवा समितिका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल, तमू ह््युल छोंज धींका केन्द्रिय सह–महासचिव डम्वर तमु, नेपाल मगर संघका केन्द्रिय सदस्य शारदा थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका पूर्व जिल्ला अध्यक्ष ङावा लप्टु लामा शेर्पालागयतको उपस्थिति रहेको थियो ।


































































