इटहरी : जोगवनी–किमाथाङ्का त्रिदेशीय व्यापारीक मार्ग विस्तारमा इटहरीका अगुवाले मनपरी मापदण्ड बनाएको भन्दैँ आपत्ति जनाएका छन् ।
जेगवनीदेखि तरहरा क्षेत्रसम्म निर्माणाधीण सडक विस्तारमा जथाभावी मापदण्ड कायम भएको भन्दै व्यापारीहरुले आपत्ति जनाएका हुन् । कतै सानो, कतै ठुलो बाटो विस्तार भइरहेको भन्दै इटहरीका व्यापारीहरुले एकरुपता ल्याउन माग गरेका हुन् । इटहरी चौकदेखि तरहरासम्म र खनार, दुहवी क्षेत्रमा मनपरी मापदण्डमा सडक विस्तार भइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । जोगवनीदेखि दुहवीसम्म ५५ फिट, दुहवीको मुख्य बजारमा ५४ फिट भएपनि इटहरी प्रवेशद्धारसम्म ५५ फिट बाटो विस्तार गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
–ब्लाष्ट टाइम्स दैनिकबाट
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































