इटहरी: नेपालीहरुले मनाउने हिउँदे पर्व अर्थात तरुल, ध्यू चाकु र तीलको लड्डु खाने चाडको रुपमा रहेको माघे संक्रान्तिका अवसर पारेर माडवारी युवा मञ्च इटहरी निःसहाय बालवालिका सेवा आश्रमका बालवालिकाहरुलाई भोजन गराएको छ ।

प्रत्येक नेपालीको घरमा वन तरुल, घर तरुल, ध्यू चाकु, तील र भूजाको लड्डु वनाएर खाएर मनाइने माघे संक्रान्तिका अवसरमा आश्रमका बालवालिकाहरुलाई मञ्चले भोजन गराएको हो । चाडपर्वका समयमा आश्रममा रहेका वालवालिकाहरुलाई विभिन्न किसिमले सहयोग गर्दै आएको मञ्चले केही वर्ष यतादेखि माघे संक्रान्तिका अवसरमा आश्रमका बालवालिकाहरुले खिचडी तथा मिठाई खुवाउने गरेको मञ्चका अध्यक्ष राजिव अग्रवालले जानकारी दिए ।

विगत दस वर्ष देखि आश्रममा मञ्चको तर्फबाट रमेश बजाजको संयोजकत्वमा भोजन गराउदै आएको वताइएको छ । दाताहरुको सहयोगमा सञ्चालन हुदै आएको आश्रममा चार्ड पर्वको अवसर पारेर विभिन्न ठाउँबाट आश्रममा आएर दाताहरुले भोजन गराउने देखि बालवालिकाका लागि आवश्यक सामाग्रीहरु समेत सहयोग गर्ने गरेको आश्रम सञ्चालिका गिता गौतमले वताइन । आश्रममा हाल ३३ जना बालबालिकाहरु आश्रीत रहेका छन् ।