मोरङ: सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले सोमवार करिब १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ र १६ बाट दिउँसो १ बजेतिर ती समान वरामद गरेको हो । प्रहरीले २ थान टेवल, ४ थान कुर्सी र २ थान आल्ना बरामद गरेको जनाएको छ ।
यसैगरि, वेवारिशे अवस्थामा राखिएको को १६ प ४०३ नम्बरको मोटरसाईकल र अवैध लत्ताकपडासहित भारत नदिया धानतला २ बस्ने जीवन बिश्वास र अमर बिश्वासलाई पक्राउ गरेको छ । बरामद सामान सामान सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि सोमबार बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।