धरान : धरान उपमहानगरका कुल ५९ वटा सामुदायिक मध्ये २ विशेष, १८ मावि सहित २५ वटा विद्यालयका आधारभूत तह कक्षा ८ को परीक्षामा एउटा विद्यालयको नतिजा शून्य आएको छ ।
उक्त परीक्षामा कुल १ हजार १५५ जना विद्यार्थी सहभागी भएकोमा ४७२ जना मात्र उत्तीर्ण भएका छन्  ६७९ जना फेल भए । उपमहानगरपालिका शिक्षा महाशाखाका अनुसार नतिजा उत्तीर्ण प्रतिशत ४० दशमलव ८७ भन्दा अनुत्तीर्ण प्रतिशत ५९दशमलव १३ प्रतिशत आएको छ ।   
कक्षा ८ को नगर स्तरीय परीक्षा चैत ५ देखि १२ गते सम्म भएको थियो । ग्रेड वृत्ति तर्फ ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ३६ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने १६६ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए १८८ जना छन् ।
यस्तै २ दशमलव ४ देखि २ दशमलव ८ जिपिए ७४ जना, २ दशमmब ० देखि २ दशमलव४ जिपिए  ८ जना, १ दशमलव ६ देखि २ जिपिए ल्याउने शून्य र ० दशमलव ० देखि १ दशमलव ६ जिपिए ल्याउने ६८३ रहेका छन् । विषय लाग्ने विद्यार्थीले पुन परीक्षा दिनुपर्ने छ, भने ग्रेड वृद्धि परीक्षा वैशाख ६ गते देखि तोकिएको छ ।
सामुदायिक विद्यालय त्रसित 
विद्यार्थी भर्ना समयकै बेला बालेन सरकारको नीति अनुसार स्थानीय सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेपछि सामुदायिक विद्यालयहरू त्रसित छन् । निजी विद्यालयहरूले विद्यार्थी तान्ने हो कि भन्ने डर सामुदायिक विद्यालयहरूमा देखिएको सरोकारवालाहरू बताउँछन् ।
अभिभावकहरूको भने सामुदायिक विद्यालयहरूमा शिक्षकहरूले विद्यार्थीहरूको इच्छाअनुसार पढाइ नगर्ने, पर्याप्त प्रायोगिक शिक्षा नहुने, कक्षा सञ्चालनमा प्रभावकारिता कमीको गुनासो गरेका छन् ।
उनीहरूका अनुसार कक्षा ८ को नतिजा खस्किनु सामुदायिक विद्यालयहरूको कमजोर शैक्षिक अवस्थाको प्रमाण भएको बताइएको छ । 
पब्लिक,सरस्वती र हिमालीको अग्रता   
धरानका २५ स्कुल मध्ये २० वटा विद्यालयले ३.६ देखि ४ जिपिए ल्याउन सकेका छैनन् । ३.६ देखि ४ जिपिए ल्याउनमा धरान १२ स्थित पब्लिक स्कुल पहिलो भएको छ । पब्लिक स्कुलका २५ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । 
धरान ६ स्थित सरस्वती माविका ६ जना, धरान ५ स्थित हिमाली स्कुलका ३ जना र धरान १९ स्थित किरातेश्वर मावि र धरान ३ स्थित भानु स्मृति माविबाट १÷१ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । सरस्वती स्कुलका १६ जना हिमाली स्कुलका ११ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् ।  
पञ्चायत मावि शून्य
कक्षा ८ को आधारभूत तहको परीक्षा सञ्चालन भएको मध्ये धरान १० स्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालयको नतिजा शून्य आएको छ । पञ्चायत मावि धरान–१० बाट १५ जनाले परीक्षा दिएका थिए ।
धरान १६ स्थित पूर्वाञ्चल बहिरा विद्यालयबाट शतप्रतिशत पास भएका छन् । त्यहाँबाट ८ जनाले परीक्षा दिएका थिए । ८ मध्ये ३ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । 
कुन विद्यालयको कति ?
धरान ३ स्थित शिक्षा सदन स्कुलबाट ५.२३ प्रतिशत, धरान ११ स्थित ज्ञानोदय सेकेण्डरी स्कुलले ५.५६ प्रतिशत, धरान १७ स्थित सम्यक् शिक्षा आधारभूत स्कुलले ८।३३ प्रतिशत,धरान १८ स्थित श्री माध्यमिक विद्यालय घोपाले ११।११ प्रतिशत र धरान १७ स्थित ज्वालामुखी माध्यमिक स्कुलले ११।७६ प्रतिशत र धरान १६ स्थित श्री शारदा बालिका नमुना माध्यमिक स्कुलबाट ११।९० रहेका छन् । शिक्षा सदनबाट १५३ जनाले  परीक्षा दिएको मध्ये ८ जनाले मात्र पास गरेका छन् । 
ज्ञानोदयबाट ७२ जना मध्ये ४ जना, श्री माध्यमिक घोपा बाट २७ मध्ये ३ जना र ज्वालामुखीबाट ५१ मध्ये ६ जना, शारदा बालिकाबाट ४२ मध्ये ५ जनाले मात्र पास गरेका छन् । शिक्षा निकेतनबाट ५६ जनाले परीक्षा दिएका मध्ये ८ जना र चन्द्र ससकृतबाट १४ मध्ये २ जना पास भएका छन् । 
ल्यावरेटोरी स्कुलबाट २८ जनाले परीक्षा दिएको मध्ये ७ जना पास भएका छन् । भालढुङगाबाट ३१ मध्ये ८, बद्रीनाथबाट २० मध्ये ७, भानुस्मृतीबाट २८ मध्ये १०, पब्लिक फुस्रेबाट २७ मध्ये ९ , पञ्चकन्याबाट ५३ मध्ये २० र भगवतीबाट ९ मध्ये ४ त्यस्तै गरी पञ्चायत दन्तकालीबाट १७ मध्ये ८ पास भएका छन् । 
पूर्वाञ्चल ज्ञान चक्षुबाट ८ मध्ये ४ जना पास भएका छन् । सहिद स्मृतिबाट २१ मध्ये ११ जना, किरातेश्वरबाट २६ मध्ये १७ जना, पिण्डेश्वर माविबाट १० मध्ये ६ जना, पब्लिक स्कुलबाट २६१ मध्ये १८६ जना,  हिमालीबाट ८६ मध्ये ६५ जना सरस्वती माविबाट ७६ मध्ये ६५ जना पास भएका छन् ।