धरान : प्रतिनिधि सभा सदस्यको भोलि बिहीबार हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरिसकेको छ ।
सुनसरी–१ मा भोली बिहीबार हुने मतदानका कुल १ लाख ५० हजार ३९३ मतदाता रहेका छन् । उनीहरूका लागि निर्वाचन कार्यालयले सुनसरी १ को धरान, वराहक्षेत्र र रामधुनीका कूल २७ वडामा १ सय ६१ मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ ।
धरानमा वडा १ देखि २० सम्म विभिन्न विद्यालय तथा सार्वजनिक भवनमा मतदान केन्द्र तोकिएका छन् । धरानमा सबैभन्दा बढी ११९ मतदान केन्द्र निर्धारण गरिएको छ । बराहक्षेत्रमा २५ तथा रामधुनीमा १० मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले बताए ।
धरानमा वडा १५ मा सबैभन्दा बढी १६ मतदान केन्द्र रहेका छन् । वडा ११ र वडा १७ मा ११–११ केन्द्र रहेका छन् । केही वडामा एउटै विद्यालय परिसर भित्र बहु वटा मतदान केन्द्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।
वराहक्षेत्र वडा १ देखि ५ सम्म विभिन्न माध्यमिक, आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएका छन् । रामधुनीको वडा ६ र ७ मा विद्यालय केन्द्रित मतदान स्थल निर्धारण गरिएको छ ।
निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति, सामग्री तथा सुरक्षा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदाता सहज र सुरक्षित रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको अधिकृत घिमिरेले बताए ।
मतदान केन्द्रको सङ्ख्याका आधारमा सुनसरी–१ का सबैभन्दा बढी केन्द्र धरान क्षेत्रमा रहेका छन् । धरानमा १ सय १९ स्थानमा, बराहक्षेत्रमा ३० र रामधुनीमा १२ मतदान केन्द्र तोकिएको छ ।
धरान वडा १ मा सुनसरी उद्योग वाणिज्य सङ्घ भवन क, ख र धरान आदर्श बोर्डिङ स्कुल, लक्ष्मी सडक क, ख गरी ४ वटा मतदान केन्द्र रहेका छन् । वडा २ मा शारदा बालिका विद्यालय,शिक्षा निकेतन मावि क, ख गरी ३ केन्द्र तोकिएको छ ।
वडा ३ मा भानु स्मृति मावि क, ख, ग, घ गरी ४ मतदान केन्द्र ,वडा ४ मा पञ्चकन्या आधारभूत विद्यालय क, ख,कालिका आधारभूत विद्यालय ३ वटा मतदान केन्द्र वडा ५ मा हिमाली मावि,देउराली क ,ज गरी ८ केन्द्र तोकिएको छ ।
वडा ६ मा सरस्वती मावि, पानवारी क,च गरी ६ केन्द्र,वडा ७ वडामा सिद्धि नेवा परिषद् क–ग गरी ३ केन्द्र,वडा ८ ल्यावोरेटरी मावि सिद्धार्थ मार्गमा क देखि ङ सम्म ,शहीद स्मृति माविमा क देखि घ गरी जम्मा ९ केन्द्र तोकिएको छ ।
वडा ९ सुनसरी खेलकुद भवन क–ग गरी ३ केन्द्र ,वडा १० मा पञ्चायत माध्यमिक विद्यालय क–घ मा ४ केन्द्र तोकिएका छन् । यस्तै गरी वडा ११ मा ज्ञानोदय मावि, न्यूरोड क देखि झ ,अनन्त शिक्षा आधारभूत विद्यालय क, ख गरी ११ केन्द्र,वडा १२ मा गीता मन्दिर,पब्लिक मावि, चतरा लाइन क–ग सम्म गरी ४ केन्द्र तोकिएको छ ।
वडा १३ मा लोटस इङ्लिस बोर्डिङ स्कुल, जिरो प्वाइन्ट क–छ गरी ७ केन्द्र,वडा १४ को पञ्चायत दन्तकाली मावि,क–घ गरी ४ केन्द्र ,वडा १५ को शिक्षा सदन मावि, वाझगरा क–झ,पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय क–छ गरी १६ केन्द्र तोकिएको छ ।
वडा १६ को चन्द्र संस्कृत मावि, भूपमार्ग क–झ मा ९ केन्द्र,वडा १७को पञ्चकन्या मावि, रेल्वे क–झ,ज्वालामुखी मावि, नन्दपुरमा क, ख गरी ११ केन्द्र ,वडा १८ को कार्मेल इङ्लिस बोर्डिङ स्कुल, बुद्ध मार्ग क–ग गरी ३ केन्द्र,वडा १९ किरातेश्वर मावि, बालक चोक क–घ मा ४ केन्द्र,वडा २० को सुलिकोठ आधारभूत विद्यालय,भालढुंगा मावि क, ख गरी ३ केन्द्र रहेका छन् ।
वराहक्षेत्र नगरपालिका २५ मतदान केन्द्र रहेका छन् । बराह वडा १ को औलिया मावि, चतरामा क, ख, ग, घ र सूर्यकुण्ड आधारभूत विद्यालय, सूर्यकुण्ड चौक क, ख गरी गरी ६ केन्द्र,वडा २को आदर्श मावि, पुर्नवास क, ख, ग, घ र बिपी आधारभूत विद्यालय, बयर वन क,ख गरी ६ केन्द्र,वडा ३ को महेन्द्र मावि,भरौलमा क, ख, ग, घ, ङ, च, छ गरी ७ केन्द्र तोकिएको छ ।
वडा ४ को भगवती आधारभूत विद्यालय, कौवा खोजमा क, ख, ग, घ गरी ४ केन्द्र,वडा ५ को जगन्नाथ डेडराज जनता मावि, कालाबञ्जरमा क, ख, ग, घ, ङ र मिलीजुली आधारभूत विद्यालय, तीनकुने क,ख गरी ६ केन्द्र रहेका छन् ।
रामधुनी नगरपालिकामा १२ मतदान केन्द्र रहेका छन् । वडा ६ को आदर्श मावि, बकलौरीमा क, ख, ग र पञ्चायत माध्यमिक विद्यालय, इचौलमा क, ख, ग गरी ६ केन्द्र ,वडा ७ को पञ्चायत आधारभूत विद्यालय, पञ्चायनधाममा क, ख, ग र पञ्चायत माध्यमिक विद्यालय, कुमरखत क, ख, ग गरी ६ केन्द्र रहेका छन् ।