इटहरी : इटहरी जेसिजले बिहीबार प्रतिनिधिसभा उम्मेदवारसँग प्रश्नोत्तर कार्यक्रम (ककस) गर्ने भएको छ । सुनसरी क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा उम्मेदवार सँग संयुक्त रूपमा प्रश्नोत्तर कार्यक्रम आयोजना गर्न लागिएको हो ।
इटहरीको पश्चिम लाइन स्थित म्याजीक स्टेण्डमा उम्मेदवारलाई राखेर संयुक्त रूपमा आफ्ना चुनावी एजेन्डाहरू सोध्न लागिएको हो । राजनीतिक नेतृत्वलाई जबाफदेही बनाउन विगत देखि नै ककस कार्यक्रम गर्दै आएको इटहरी जेसिजले फाल्गुन २१ को निर्वाचनलाई केन्द्रित गरेर बहस गर्ने भएको छ ।


































































