वराहक्षेत्र : नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्र बहादुर कार्कीले फागुन २१ को निर्वाचन पश्चात् नेपाली काँग्रेसका सभापति गंगन थापाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
चुनावी अभियानको क्रममा क्षेत्र बासीहरूको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहेका कार्कीले विशेष अधिवेशनबाट निर्वाचित सभापति थापालाई नेपाली काँग्रेसका कार्यकर्तादेखि नेपाली आमा बुबा र युवाहरू प्रधानमन्त्री बनाउने चाहना रहेको उनले जिकिर गरे ।
पार्टी भित्र विशेष र नियमित पक्षधरहरू बिचको लडाइँले पार्टी फुटको संघार पुगेको थियो । दुर्घटनाबाट जोगाउन भूमिका निर्वाह समेत गरेको उनले बताए । उनले भन्ने नेपाली काँग्रेस फुटको नजिक पुगेको थियो ।
केन्द्रमा बसेर समन्वयकारी भूमिका निर्वाह गरे । आम कार्यकर्ताको माग र चाहना अनुसार नै गंगन थापालाई पार्टी सभापतिको रूपमा स्थापित भएका छन् । उहाँकै हस्ताक्षरको टिकट लिएर चुनावी मैदानमा आएको छु ।
नेपाली काँग्रेसको प्रधानमन्त्रीको रूपमा सभापति थापालाई अगाडि सारेको छ । अब सबै क्षेत्रमा काँग्रेसका उम्मेद्धवार विजयी गराई गंगन थापाको नेतृत्वमा बहुमतको सरकार बनेछ । उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई हार्दिकताका साथ निर्वाचनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।
राष्ट्रिय भेला हल्ला मात्र :
राष्ट्रिय भेला हल्ला मात्र भएको हुनले बताए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा देखिएको उत्साह , एकता र जनलहरबाट डराएर काँग्रेसको विजयी नचाहनेहरूले मिडियामा राष्ट्रिय भेलाको नचाहिँदो हल्ला मात्र चलाएको उनले बताए ।
राष्ट्रिय भेला सामाजिक सञ्जालमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूलाई विचलित र निराश बनाउन केबल कु-प्रचार मात्र गरेको उनले बताए ।
विकास विनाको राजनीति केवल खोक्रो भाषण मात्र :
२०७४ र २०७९ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका पूर्व मन्त्री समेत रहेका कार्कीले विकास विनाको राजनीति केबल खोक्रो भाषण मात्र हुने बताए ।
२०७४ अगाडिको क्षेत्र र त्यस पछि क्षेत्रमा आएका विकास योजना , सडक , पूर्वाधार निर्माणले आफूलाई पुनः उमेद्बार बन्न हिम्मत आएको बताए । क्षेत्रमा भएको समस्या हल गर्ने र विकास योजना ल्याउन सधैँ लागि परेको र केही अधुर तथा आवश्यक योजनालाई पूरा गर्न उमेद्बार भएर आएको र क्षेत्र बासीहरूले गर्दै आएको विश्वास र माया पुनः पाउनेमा विश्वस्त रहेको बताए ।
देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा अबको काँग्रेस नेतृत्वको सरकार लागि पर्ने बताए । "विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना सरकारले बनाउने छ ।
जातीय सद्भावलाई बिगार्न तत्त्वहरू प्रति खबरदारी गरौँ :
भोट पाउने आशामा जातीय सद्भावलाई बिगार्न तत्त्वहरू सक्रिय बन्दै गएको हुँदा त्यस्तो कार्यलाई खबरदारी गर्नु पर्ने उनले बताए । सबै मिलेर त्यस्तो तत्त्वहरूलाई पराजित गर्नु पर्छ । नेपाल वह जाती, वहुभाषी, वहुधार्मिक, बहु सांस्कृतिक मुलुकको हो । सुनसरी ४ मा पनि बहु जाति, बहु धार्मिक, बहुभाषिक नागरिकहरूको बसोबास रहेको छ ।
सबैलाई सम्मान र सबैले अपनत्व हुने जनप्रतिनिधि आवश्यक पर्छ । झुट बोल्ने, सद्भाव बिथोल्ने विरुद्ध होसियार हुन समेत कार्कीले आग्रह गरे ।