वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको औलिया माध्यमिक विद्यालयले आफ्नो ४३ औँ वार्षिकोत्सव , पुनर्मिलन , एवम् अभिभावक दिवस मनाएको छ ।
बुधवार विद्यालयले औपचारिक विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह मनाएको हो ।कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।
कार्यक्रममा उपप्रमुख नन्दकुमारी सुनुवार , शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र मल्ला विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा वडा नं १ अध्यक्ष किसन थापामगर,वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, आदर्श माविका पूर्व प्रधानाध्यापक प्रह्लाद भट्टराई शिक्षा समिति सदस्य ज्ञान बहादुर पाण्डे,गोकुल गुरागाईँ,वडाका जनप्रतिनिधिहरू,छिमेकी विद्यालयका प्रधानाध्यापक,सुरक्षा निकायका प्रतिनिधि,विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू,विद्यालयका संस्थापकहरू,पूर्व प्रध्यानाध्यापकहरु,पूर्व शिक्षकहरू,पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू,समाजसेवी ,चन्दादाता,अक्षयकोष दाताहरूको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोस्ट बहादुर सुनुवारको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल भण्डारीले विद्यालयको आर्थिक वर्ष २०७१/०८२ को आय/ व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत ,छात्रवृत्ति,विद्यालयमा कार्यरत पूर्व शिक्षकहरूलाई सम्मान,पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरू,पूर्व प्रधानाध्यापक सम्मान तथा अक्षय कोषदाता ,चन्दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत एवम् छात्रवृत्ति समेत वितरण गरेको थियो । त्यस्तै सचेतना मूलक नाटक,योग अभ्यास ,प्रशिक्षण ,विद्यार्थीहरूले परम्परागत मौलिक रैथाने सामाग्रीहरू समेत प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा शिक्षकहरूले नृत्य ,बिद्यार्थीहरुले स्वागत नृत्य,सांस्कृतिक नृत्य,बालबालिकाहरूले बाल गीतमा नृत्य प्रस्तुत गरेका थिए ।