धरान : जिल्ला सहकारी सङ्घ लिमिटेड, सुनसरीको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
मङ्गलवार इनरुवामा सम्पन्न जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरीको ३१औँ वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पदाधिकारी तथा सदस्यहरूको चयन गरिएको हो। श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छन ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काजी गिरी, उपाध्यक्षमा राजेन्द्र प्रसाद मेहता, महिला उपाध्यक्षमा लक्ष्मी प्रधान, सचिवमा उमिला देवी कटुवाल, सह–सचिवमा प्रलाद दाहाल तथा कोषाध्यक्षमा एकराज दाहाल निर्वाचित भएका छन्।
त्यसै गरी, सदस्यहरूमा पुनीत लाल चौधरी, नवीन सुब्बा, माधव प्रसाद आचार्य, झुमा देवी राई, रुद्र नारायण शाह, लोकमाया तामाङ, राज किशोर मेहता, विनीता दाहाल, उमेश प्रसाद मेहता, सञ्जय कुमार चौधरी, माधव कट्टेल, महेश कुमार रेग्मी, उषा खतिवडा, कृष्ण प्रसाद कट्टेल, सर्मिला राई, खिलानन्द लाल देव तथा रेखा कुमारी गच्छादार रहेका छन्।
लेखा समितितर्फ फणीन्द्र प्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यमा कमला खड्का र यदुनन्दन यादव निर्वाचित भएका छन्।
पद ग्रहण गर्दै नव–निर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता र सदस्य सहकारी संस्थाको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नव–निर्वाचित अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई सहकारी कर्मी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।