धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण फुटबल प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल रेडले चुमेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा शनिवार भएको फाइनल खेलमा प्रभात बोर्डिङ स्कुल धरानलाई १-० पराजित गर्दै नेपाल पुलिस स्कुल रेडले सातौँ संस्करणको उपाधि चुमेको हो । उपाधिसँगै नेपाल पुलिस रेडले ट्रफी सहित नगद ८१ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता प्रभात स्कुलले नगद ट्रफी सहित नगद ४१ हजार ५ रुपैयाँमा चित्त बुझाउनु पर्यो।
खेलमा नेपाल पुलिस रेडका विकास मगरले पहिलो हाफको ७ मिनेटमा गोल नै निर्णायक भएको थियो ।प्रतिस्पर्धात्मक खेलमा प्रभात स्कुलले गोल प्रहार प्रयास विफल हुँदा प्रभात उपविजेता भएको हो
फाइनलको म्यान अफ द म्याच पुलिस स्कुलका विकाश मगर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ प्राप्त गरे ।
व्यक्तिगत विधाको पुरस्कारमा पनि नेपाल पुलिस रेडले वर्चस्व कायम गर्यो । वेस्ट गोलकिपर नेपाल पुलिस रेडका सोनाहाङ राई, वेष्ट डिफेन्डर प्रभातका रिदम पाण्डे, वेस्ट मीड फिल्डर कप्तान नेम्साङ मगर, बेष्ठ कोच नेपाल पुलिस रेडका सागर कार्की, हाईस्कोरर पुलिस रेडका कप्तान समीर राई, ईर्मेजिङ प्लेयर आयोजक पुलिस स्कुल धरान निलोका यारिन भुजेल घोषित भए ।उनीहरूले जनही नगद २हजार ५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्लेयर अफ टुर्नामेन्ट पुलिसका समीर राई घोषित भए । उनले नगद ३ हजार ५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी थिए ।
प्रतियोगितामा उत्कृष्ठ रिर्पोटर कान्तिपुर दैनिकका एलिना राई घोषित भईन उनले नगद ५ हजार ५ रुपैया सहित सम्मानपत्र प्राप्त गरिन ।



































































