धरान : कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्म जयन्ती धरानमा आज मङ्गलवार बिहान लेखनाथ चौक स्थित शालिकामा माल्यार्पण गरी मनाइएको छ ।

कविशिरोमणि साहित्य साधना समाजद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा. गोपालप्रसाद भण्डारीले कविशिरोमणिको जीवनी र उहाँका रचनाहरूका बारेमा चर्चा गरेका थिए ।

विशेष अतिथि प्राडा भीम खतिवडाले लेखनाथ पौड्यालका रचनाहरूले नेपाली भाषा र साहित्यलाई समृद्धिको शिखरमा पुर्‍याएको बताए ।प्राध्यापक वंशीधर शर्मा कट्टेलले लेखननाथका रचना वाचन गरेका थिए ।

समाजका अध्यक्ष डा.भवानीशंकर भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव भरतमणि भट्टराईले सञ्चालन गरेका थिए ।

माल्यार्पण कार्यक्रममा कवि, साहित्यकार, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायतको बाक्लो सहभागिता थियो ।