दमक : झापामा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू धमाधम फेला पर्न थालेको छ । यस अघि दमकमा ३ थान हतियार र केही थान गोली भेटिएको थियो भने आज बिहानै झापाको कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै गेउरीय खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ ।
बिहान साढे ६ बजे उक्त स्थानमा हतियार रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा २३८१६९ नम्बरको एक थान ग्यास गन फेला पारेको हो ।
बरामद ग्यास गन खिया लागेको बट र नालसहित जलेको अवस्थामा रहेको झापा प्रहरीले प्रहरीले जनाएको छ ।
प्रहरी अभिलेखअनुसार उक्त ग्यास गन जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय दमकबाट लुटपाट गरी लगेको देखिएको छ ।
बरामद गरिएको हतियारलाई रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याई सुरक्षित रूपमा राखिएको छ ।