धरान : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत पिण्डेश्वर विद्यापीठको ७५औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले उच्च शिक्षामा अनुदान आयोगको चासो रहेको बताए । आयोगका अध्यक्ष अधिकारीले पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक संरचना अझ मजबुत बन्दै गएको बताए।
विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयानुकूल बनाउन पाठ्यक्रम सुधार, योग,आयुर्वेद र चिकित्सा विषयको विस्तार गरिने बताए । उपकुलपति नेपालले संस्कृत साहित्यलाई विश्वव्यापी बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
वार्षिकोत्सवका अवसरमा ‘पिण्डेश्वर श्री पुरस्कार’ शास्त्री तहमा उत्कृष्ट अङ्क ल्याउने सुवास चापागाईंलाई सम्मान गरिएको छ । साथै विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद र प्रमाणपत्रसहित सम्मान समेत गरिएको थियो । बार्षिकउत्सवमा लामो समय सेवा गरेका पूर्व शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडा र कृष्णप्रसाद शर्मा लाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।भने अवकाशप्राप्त कर्मचारीलाई सम्मानपूर्वक बिदाइ समेत भएको थियो । यस क्रममा पूर्व प्राचार्य तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
उत्सवमा फुटबल, क्रिकेट, भलिबल,टेबल टेनिस,ब्याडमिन्टन,चेस, दौडसहित विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भए। श्लोक वाचन, हाजिरी जवाफ,सूत्रान्ताक्षरी, स्पेलिङ प्रतियोगिताले कार्यक्रम समेत भएको थियो । कार्यक्रम सभापति प्राडा सागर ‘ को अध्यक्षतामा सम्पन्न भएको हो।


































































