इटहरी : इटहरी ९ विराटनगर लाइनमा अल्ट्रा सन इनर्जीको सो रुम खुलेको छ । लामो समयदेखि इटहरीबाट व्यापार गरिरहेको अल्ट्रा सन इनर्जीले नयाँ सो रुमबाट सेवा सुरुवात गरेको हो ।
घरायसी विद्युतीय उपकरणहरू समेत विक्री सुरुवात गरेको अल्ट्रा सन इनर्जीले विराटनगर लाइन स्थित गोल्डेन चोकमा भ्रमण गर्नेलाई समेत लक्की ड्र मार्फत उपहार प्रदान गर्न लागिएको छ ।
हरेक तीन महिनामा हुने लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले विद्युतीय चुल्हो पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।
सेवाको दायरा अझ विस्तार गर्न अन्य अफरहरू समेत ल्याएको सो रुम सञ्चालक डिल्ली भण्डारीले बताउँछन् ।
उनका अनुसार तीन हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने भाग्यशाली ग्राहकहरूका लागि थप उपहारको व्यवस्था गरिएको छ । अल्ट्रा सन इनर्जीले घरैमा सोलार, गिजर लगायत जोड्ने मात्र नभई आवश्यक सामान समेत घरैमा उपलब्ध गराउने भएको छ ।



































































