धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनको राजिनामापत्र राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुगेको छ ।
राजीनामा पत्रमा ओलीले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका लागि र समस्या समाधानको थप पहलको लागि आजैको मिति देखी लागु हुने गरी पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
ओली नेपालको संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३१ गते नेपालका प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले संविधानको धारा ७७ (१) क बमोजिम आज सोमवार भदौ २४ गते राजीनामा दिएका हुन ।
received_1738151350236955