धरान: सरकारद्वारा प्रतिबन्धित सूचिमा राखिएको लागु औषध सहित धरान–६ का २ युवालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओमबहादुर भुजेल र शीर्षक राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
उनीहरू दुवैलाई पानबारी प्रहरी चौकीको टोलीले ८८० ट्याब्लेट प्रतिबन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित पक्राउ गरेको हो ।
यसै गरी उदयपुरको लाल पत्ता प्रहरी चौकीको टोलीले त्रियुगा–१० का डेनिल बस्नेतलाई प्रतिबन्धित औषधी २०७ एम्पुल सहित पक्राउ गरेको छ । 
मोरङको रङ्गेली इलाका प्रहरी कार्यालयले सुन वर्षी–९ को भित्री सडक खण्डमा भारतीय नम्बर बीआर ११ भस् ६७३४ मोटरसाइकलबाट ट्रामाडोल १७ हजार ९४० ट्याब्लेट लागु औषध बरामद गरेको छ ।
मोटरसाइकल चालक फरार छन् । ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।